काठमाण्डौ – स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना २० हजार ४१ कित्ता संस्थापक सेयर बिक्रीका लागि खुला गरेको छ।
यो सेयर यसअघि विद्यमान संस्थापक सेयरधनीहरूलाई प्राथमिकतामा बिक्रीका लागि राखिएकोमा आवेदन नपरेपछि अब आम सर्वसाधारण लगानीकर्ताका लागि पनि खरिद गर्न सकिने गरी बिक्री खुला गरिएको हो।
इच्छुक सर्वसाधारण लगानीकर्ताले सेयर खरिदका लागि बनेपा, काभ्रेपलाञ्चोकमा रहेको संस्थाको केन्द्रीय कार्यालयमा सम्पर्क गरी आवेदन दिन सक्नेछन्। आवेदन आजैदेखि खुला गरिएको कम्पनीले जनाएको छ।
