काठमाण्डौ । नबिल बैंक लिमिटेडले आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट सेयरधनीहरूलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ।
बैंकको मंसिर १९ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट सेयरधनीहरूलाई १२.५० प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव पारित गरेको हो।
यो प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त गरेपछि बैंकको आगामी वार्षिक साधारण सभाबाट अन्तिम अनुमोदन गरी सेयरधनीहरूमाझ वितरण गरिनेछ।
