काठमाडौं – आशा लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्य समायोजन भएको छ।
गत आर्थिक वर्षको लाभांशका लागि घोषित ९.५ प्रतिशत बोनस सेयरलाई आधार मान्दै नेपाल स्टक एक्सचेन्जले सेयर मूल्य समायोजन गरेको हो। समायोजनपश्चात् संस्थाको सेयर मूल्य प्रतिकित्ता १,०९०.४१ रुपैयाँ कायम भएको छ।
समायोजन हुनुअघि संस्थाको अन्तिम कारोबार मूल्य प्रतिकित्ता १,१९४ रुपैयाँ थियो। आज (मंसिर २३ गते) देखि नयाँै समायोजित मूल्यका आधारमा आशा लघुवित्तको सेयर कारोबार हुने छ।
कम्पनीले आर्थिक वर्ष २०८१/८२ का लागि सेयरधनीहरूलाई ९.५ प्रतिशत बोनस सेयर र ०.५ प्रतिशत नगद लाभांश (कर प्रयोजनसहित) गरी कुल १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। उक्त प्रस्ताव आगामी पुस ४ गते आयोजना हुने नवौं वार्षिक साधारण सभाबाट पारित भएपश्चात् वितरण गरिनेछ।
