Logo

Oct 21 2026 | २०८३, कात्तिक ५गते

images

हिमालयन लघुवित्तको लाभांश घोषणा, बोनस सेयर कति ?

हिमालयन लघुवित्तको लाभांश घोषणा, बोनस सेयर कति ?

अर्थ प्लस
हिमालयन लघुवित्तको लाभांश घोषणा, बोनस सेयर कति ?

काठमाडौं ।  हिमालयन लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ। संस्थाले ७ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो । 

संस्थाको सञ्चालक समितिको बैठकले आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट शेयरधनीहरुलाई हाल कायम चुक्तापुँजी ३१ करोड ९८ लाख १८ हजार १३०.१८ रुपैयाँको कुल ७ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ। 

जसमा ६.६५ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०.३५ प्रतिशत नगद लाभांश छन्।

यस लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी शेयरधनीहरुलाई वितरण गरिने संस्थाले जानकारी दिएको छ । 

सम्बन्धित समाचार