Logo

Oct 21 2026 | २०८३, कात्तिक ५गते

images

रिज लाइन इनर्जीको आईपीओ आउँदै, कहिलेसम्म दिने आवेदन?

रिज लाइन इनर्जीको आईपीओ आउँदै, कहिलेसम्म दिने आवेदन?

अर्थ प्लस
रिज लाइन इनर्जीको आईपीओ आउँदै, कहिलेसम्म दिने आवेदन?

काठमाडौं। रिज लाइन इनर्जीले आगामी पुस १३ गतेदेखि आईपीओ निष्कासन गर्ने भएको छ। कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि सेयर जारी गर्न लागेको हो। 

कम्पनीले कुल २६ लाख ७ हजार कित्ता सेयर निष्कासन गर्ने अनुमति पाएकोमा स्थानीयका लागि ११ लाख ८५ हजार कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि १ लाख ४२ हजार २०० कित्ता सेयर छुट्याइएको छ।

आईपीओमा गोरखा जिल्लाको अजिरकोट गाउँपालिकाका वडावासी र लमजुङ जिल्लाको दुधपोखरी गाउँपालिका (वडा नं. १, २, ३) तथा दोर्दी गाउँपालिका (वडा नं. ४, ५, ६) का बासिन्दाले आवेदन दिन सक्नेछन्। लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्मका लागि आवेदन दिन पाउनेछन्। 

वैदेशिक रोजगारीमा रहेका नेपालीले पुस १७ गतेसम्म र स्थानीय बासिन्दाले छिटोमा पुस २८ गतेसम्म आवेदन दिनुपर्नेछ। कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ। 

सम्बन्धित समाचार