Logo

Oct 22 2026 | २०८३, कात्तिक ६गते

images

कालिका लघुवित्तको लाभांश घोषणा

कालिका लघुवित्तको लाभांश घोषणा

अर्थ प्लस
कालिका लघुवित्तको लाभांश घोषणा

काठमाण्डौ । कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको नाफाबाट लाभांश वितरण गर्ने घोषणा गरेको छ। पुस ४ गते बसेको सञ्चालक समितिको बैठकले सेयरधनीहरूलाई लाभांश दिने निर्णय गरेको हो।

उक्त बैठकले आर्थिक वर्ष २०८१/८२ सम्मको खुद नाफाबाट हाल कायम चुक्तापूँजीको आधारमा १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५२६३ प्रतिशत नगद लाभांश सहित कुल १०.५२६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ।

संस्थाले प्रस्ताव गरेको लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति प्राप्त भएपछि आगामी वार्षिक साधारण सभाबाट अनुमोदन गरी सेयरधनीहरूलाई वितरण गरिनेछ।

 

 

सम्बन्धित समाचार