Logo

Oct 21 2026 | २०८३, कात्तिक ५गते

images

कालिका पावरद्वारा लाभांश घोषणा तथा होल्डिङ कम्पनीको रुपमा विकास गर्ने निर्णय

कालिका पावरद्वारा लाभांश घोषणा तथा होल्डिङ कम्पनीको रुपमा विकास गर्ने निर्णय

अर्थ प्लस
कालिका पावरद्वारा लाभांश घोषणा तथा होल्डिङ कम्पनीको रुपमा विकास गर्ने निर्णय

काठमाण्डौ – कालिका पावर कम्पनी लिमिटेडले गत आर्थिक वर्षका लागि सेयरधनीहरूलाई लाभांश प्रस्ताव गरेको छ। पुस ६ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश घोषणा गरेको हो।

बैठकले आर्थिक वर्ष २०८१/८२ को नाफाबाट हाल कायम चुक्तापूँजीको ७ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.३६८४ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ।

लाभांश पारित गर्न कम्पनीले साधारण सभा बोलाएको छ। सभामा अन्य कम्पनीमा लगानी गर्न सहज बनाउन कालिका पावरलाई होल्डिङ कम्पनीको रूपमा विकास गर्ने उद्देश्यले कम्पनीको नाम परिवर्तन गर्ने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने, साथै नियामक निकायबाट आवश्यक निर्देशन प्राप्त भएमा त्यसअनुसार संशोधन गर्ने अधिकार सञ्चालक समितिलाई दिने विशेष प्रस्ताव प्रस्तुत गरिनेछ।

सभामा अध्यक्षले आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन प्रस्तुत गर्नेछन्। प्रतिवेदनसँगै २०८२ असार मसान्तसम्मको वासलात, नाफा–नोक्सान विवरण, नगद प्रवाह विवरण, इक्विटीमा भएको परिवर्तन सम्बन्धी विवरण र सम्बन्धित अनुसूचीहरू छलफल गरी पारित गरिनेछ। साथै, आर्थिक वर्ष २०८२/८३ को लेखापरीक्षणका लागि लेखापरीक्षक नियुक्त गर्ने र गत वर्षमा सञ्चालक समितिले गरेका निर्णयहरू अनुमोदन गर्ने प्रस्ताव पनि पारित गरिनेछ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले पुस १८ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ। त्यसैले पुस १७ गतेसम्म नेप्सेमा कारोबार भई कायम हुने सेयरधनीहरू मात्र लाभांश प्राप्त गर्न र सभामा सहभागी हुन योग्य हुनेछन्।

सम्बन्धित समाचार