Logo

Oct 21 2026 | २०८३, कात्तिक ५गते

images

सीआईबी परिसरभित्रै ‘अनसन’मा दीपेन्द्र अग्रवाल

सीआईबी परिसरभित्रै ‘अनसन’मा दीपेन्द्र अग्रवाल

अर्थ प्लस
सीआईबी परिसरभित्रै ‘अनसन’मा दीपेन्द्र अग्रवाल

काठमाडौं । भ्रामक सूचना प्रसारण गरी धितोपत्रको कारोबार गरेको तथा अवैध लाभ आर्जन गरेको भन्दै धितोपत्र बजारसम्बन्धी कसुर आरोपमा पक्राउ परेका दीपेन्द्र अग्रवाल सीआईबी परिसरभित्र अनसन बसेका छन् । 

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको हिरासतमा रहेका उनले पुँजी बजार सुधारका लागि आफूले राखेको माग पूरा हुनुपर्ने भन्दै अनसन सुरु गरेको बताइएको छ । सीआईबीले उनलाई पुस ४ गते पक्राउ गरेको थियो । 

सीआईबीका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक शिवकुमार श्रेष्ठले अग्रवालले खाना नखाएको तर पानी खाएको अवस्था रहेको बताएका छन् । 

सम्बन्धित समाचार