काठमाडौँ । नागरिक लगानी कोष (सीआईटी)ले लाभांश घोषणा गरेको छ। पुस ६ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि लाभांश प्रस्ताव गरेको हो।
बैठकले आर्थिक वर्ष २०८१/८२ को आम्दानी बाँडफाँड हिसाबअनुसार सेयरधनीहरूलाई ५ प्रतिशत बोनस सेयर र ८ प्रतिशत नगद लाभांश (करसहित) गरी कुल १३ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ।
प्रस्तावित लाभांश वितरणका लागि अर्थ मन्त्रालयको सहमति प्राप्त भएपछि कोषको आगामी साधारण सभाबाट अनुमोदन गराई सेयरधनीहरूलाई प्रदान गरिनेछ।
