काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा ग्रामिण विकास लघुवित्तको सेयर सूचीकृत भएको छ। कम्पनीको सेयर ‘GBLBS’ सिम्बोलमार्फत सूचीकरण गरिएको हो।
साविकको ग्रामिण विकास लघुवित्त र समाज लघुवित्त वित्तीय संस्था मर्जर भएपछि १ः१ अनुपातमा कायम भएको सेयर सूचीकृत भएको हो। कम्पनीको अंकित मूल्य १०० रुपैयाँ दरका कुल १,०३,५०० कित्ता सेयर नेप्सेमा सूचीकरण गरिएको छ।
यी दुई संस्था मर्ज भएपछि नेप्सेले दुबैको सेयर कारोबार रोक्का राखेको थियो। आजदेखि भने ग्रामिण विकास लघुवित्तको नाममा सेयर सूचीकरण गरिएको छ।
नेप्सेले कम्पनीको ओपनिङ रेञ्ज ८०४.९१ रुपैयाँ निर्धारण गरेको छ। यस कम्पनीको सेयर भोलिदेखि नै कारोबार खुल्नेछ।
