Logo

Oct 22 2026 | २०८३, कात्तिक ६गते

images

मंगलबार नेप्सेमा सामान्य सुधार, कारोबार रकम ३ अर्ब ४२ करोड

मंगलबार नेप्सेमा सामान्य सुधार, कारोबार रकम ३ अर्ब ४२ करोड

अर्थ प्लस
मंगलबार नेप्सेमा सामान्य सुधार, कारोबार रकम ३ अर्ब ४२ करोड

काठमाडौं । साताको तेस्रो कारोबारको दिन मंगलबार शेयर बजार सामान्य बढेर बन्द भएको छ । आज नेप्से परिसूचक ३.२७ अंकले बढेर २,५८४ को विन्दुमा कायम भएको छ । 

आज १३४ कम्पनीको शेयर मूल्य बढेको छ भने ११७ कम्पनीको शेयर मूल्य घटेको छ । आज दिनभरिमा ३२८ कम्पनीको ७६ लाख ६८ हजार ९१५ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ४२ करोडको शेयर कारोबार भएको छ । 

१३ उपसमूहमध्ये यस दिन ७ उपसमूहको परिसूचक बढेको छ भने ६ उपसमूहको परिसूचक घटेको छ। यस दिन अन्य उपसमूहको परिसूचक सर्वाधिक १.२८ प्रतिशत बढेको छ। बाँकी बढेका ६ उपसमूहहरुको वृद्धिदर सामान्य रहेको छ। यस दिन विकास बैंक, लगानी, जीवन बीमा, म्युचुअल फण्ड, निर्जीवन बीमा र व्यापार उपसमूहको परिसूचक सामान्य घटेको छ।

आज सबैभन्दा धेरै एसवाई प्यानल कम्पनीको ३० करोड ९८ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

tg.JPG

सम्बन्धित समाचार