काठमाण्डौ । अरुण भ्याली हाईड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले लाभांशदर घटाउने निर्णय गरेको छ। कम्पनीले गत असोज १ गते घोषणा गरेको लाभांशलाई विद्युत नियमन आयोगले पूर्वस्वीकृति दिन नसक्ने भन्दै पुस ८ गते पत्र पठाएपछि, सोही दिन दिउँसो साढे ४ बजे बसेको सञ्चालक समितिको बैठकले लाभांशदर संशोधन गरेको हो।
बैठकले नयाँ प्रस्ताव अनुसार ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ। यसअघि कम्पनीले आव २०८१/८१ को नाफा तथा सञ्चितीबाट ८ प्रतिशत बोनस सेयर र ०.४२१ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको थियो।
कम्पनीले आगामी पुस ३० गते २८औं वार्षिक साधारण सभा आयोजना गर्ने र लाभांश वितरण प्रयोजनका लागि पुस १८ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ। त्यसैले पुस १७ गतेसम्म नेप्सेमा कारोबार भई नामावलीमा रहेका सेयरधनीहरू मात्र सभामा सहभागी हुन र लाभांश प्राप्त गर्न योग्य हुनेछन्।
