Logo

Oct 22 2026 | २०८३, कात्तिक ६गते

images

नेपाल टेलिकमले साधारण सभाबाट अनुमोदन हुने गरी लाभांश प्रस्ताव

नेपाल टेलिकमले साधारण सभाबाट अनुमोदन हुने गरी लाभांश प्रस्ताव

अर्थ प्लस
नेपाल टेलिकमले साधारण सभाबाट अनुमोदन हुने गरी लाभांश प्रस्ताव

काठमाण्डौ । नेपाल टेलिकमले आर्थिक वर्ष २०८१/८२ को नाफाबाट लाभांश वितरण गर्ने घोषणा गरेको छ। पुस ८ गते बसेको सञ्चालक समितिको बैठकले प्रतिसेयर ३० रुपैयाँका दरले नगद लाभांश दिने निर्णय गरेको हो।

प्रस्तावित लाभांश नेपाल सरकारको अर्थ मन्त्रालयबाट स्वीकृत भएपछि सेयरधनीहरूले प्राप्त गर्नेछन्। स्वीकृत लाभांश कम्पनीको १८औं वार्षिक साधारण सभाबाट अनुमोदन गरी वितरण गरिनेछ।

कम्पनीको साधारण सभा आगामी पुस ३० गते काठमाण्डौको प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहमा बिहान ११ बजे सुरु हुनेछ। सभामा गत आवको वार्षिक प्रतिवेदन तथा वित्तीय विवरण पारित गरिनेछ।

लाभांश वितरण प्रयोजनका लागि कम्पनीले पुस २० देखि ३० गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ। त्यसैले पुस १९ गतेसम्म नेप्सेमा कारोबार भई नामावलीमा रहेका सेयरधनीहरू मात्र लाभांश प्राप्त गर्न र सभामा सहभागी हुन योग्य हुनेछन्।

सम्बन्धित समाचार