काठमाण्डौ । कम्पनीले पुस ३० गते ८औं वार्षिक साधारण सभा आयोजना गर्ने भएको छ। पुस ८ गते बसेको सञ्चालक समितिको बैठकले उक्त सभा काठमाण्डौको पुरानो बानेश्वरस्थित काजीको किचेनमा बिहान ९ बजे सुरु गर्ने निर्णय गरेको हो।
सभामा अध्यक्षद्वारा प्रस्तुत आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ। साथै, लेखापरीक्षकको प्रतिवेदनसहित २०८२ असार मसान्तसम्मको वासलात, नाफा–नोक्सान विवरण तथा नगद प्रवाह विवरणमाथि छलफल गरी स्वीकृत गरिनेछ। चालु आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्त गर्ने तथा उनको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि सभामा प्रस्तुत गरिनेछ।
त्यसैगरी, सबै सञ्चालकको निर्वाचन, स्वतन्त्र सञ्चालकको नियुक्ति तथा कम्पनी सचिवको नियुक्ति अनुमोदन गर्ने प्रस्ताव पनि सभामा पारित गरिनेछ।
साधारण सभा प्रयोजनका लागि कम्पनीले पुस २१ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ। यसअनुसार, पुस २० गतेसम्म नेप्सेमा कारोबार भई कायम रहेका सेयरधनीहरू मात्र सभामा सहभागी हुन योग्य हुनेछन्।
