ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेडले आफ्नो १०औं वार्षिक साधारण सभा पुस ३० गते आयोजना गर्ने निर्णय गरेको छ। कम्पनीको सञ्चालक समितिको बैठक पुस ८ गते बसेर यो निर्णय गरेको हो।
सभा विवरण
-
स्थान: अल्फा हाउस ब्याङ्क्वेट, बानेश्वर, काठमाडौं
-
समय: दिउँसो १ बजेबाट सुरु
-
कार्यसूची:
-
आव २०८१/८२ को सञ्चालक समितिको वार्षिक प्रतिवेदनमाथि छलफल तथा पारित
-
लेखापरीक्षण प्रतिवेदनसहित वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायतका अनुसूचीहरूको अनुमोदन
-
आव २०८२/८३ का लागि लेखापरीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण
-
बुक क्लोज मिति
कम्पनीले साधारण सभा प्रयोजनका लागि पुस २२ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ। यस अनुसार, पुस २१ गतेसम्म नेप्सेमा कारोबार भई कायम रहेका सेयरधनीहरू मात्र सभामा सहभागी हुन योग्य हुनेछन्।
