काठमाडौँ । साताको चौथो कारोबार दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज ०.४१ प्रतिशत अर्थात् १०.८७ अंकले बढेर २,६३३.७६ विन्दुमा पुगेको छ। बलिया कम्पनीहरूको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.३१ प्रतिशतले बढ्दै ४५६.७३ विन्दुमा पुगेको छ।
आज नेप्सेमा सूचीकृत ३४२ स्क्रिप्टको १ करोड १९ लाख ४६ हजार ३३३ कित्ता सेयर किनबेच भई ५ अर्ब १३ करोड ४८ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ।
बजार विश्लेषक टेकेन्द्र थपलियाले चुनावी माहोलले लगानीकर्तामा आशा जगाएको भन्दै बजार क्रमशः माथि जाने विश्वास व्यक्त गरेका छन्। उनका अनुसार अहिले बजार घट्नु पर्ने खासै कारण छैन र आगामी दिनमा सुधारको यात्रा जारी रहनेछ।
सबै १३ समूहमा हरियाली देखिएको छ।
-
उत्पादन तथा प्रशोधन समूह सर्वाधिक १.६१% ले बढ्यो
-
बैंकिङ ०.२५%, विकास बैंक ०.४४%, होटल ०.९२%, जीवन बीमा ०.५३%
-
फाइनान्स ०.०६%, हाईड्रो ०.२३%, लगानी ०.२०%, लघुवित्त ०.३२%
-
म्युचुअल फण्ड ०.४७%, निर्जीवन बीमा ०.३७%, अन्य ०.३४% र व्यापार समूह ०.३३%
धेरै कारोबार गर्ने कम्पनीहरूमा ग्रीन भेन्चर्स अग्रस्थानमा रह्यो, जसको १७ करोड ७९ लाख रुपैयाँभन्दा बढीको कारोबार भयो। त्यसपछि बन्दीपुर केवलकार (१५ करोड ८८ लाख), श्रीनगर एग्रीटेक (१३ करोड ५८ लाख), हिमालयन रि इन्स्योरेन्स (१२ करोड ९१ लाख) र शिवम् सिमेन्ट (१२ करोड ४३ लाख) रहेका छन्।
मूल्य बढाउने कम्पनीहरूमा एसवाई प्यानल नेपाल र न्यादी हाईड्रोपावर अपर सर्किटमा पुगे। यस्तै पियोर इनर्जी ६.४७%, थ्रिस्टार हाईड्रोपावर ४.८२% र श्रीनगर एग्रीटेक ४.०६% ले बढे।
आज विन नेपाल लघुवित्तको सेयरमूल्य १०% ले घट्दै लोवर सर्किटमा पुग्यो। त्यस्तै ईङ्वा हाईड्रोपावर ३.६१% र मेन्छियाम हाईड्रोपावर ३.५६% ले घटे।
