Logo

Oct 20 2026 | २०८३, कात्तिक ४गते

images

एनआईसी एसिया बैंकभित्रै ऋणीले गरे आत्मदाहको प्रयास

एनआईसी एसिया बैंकभित्रै ऋणीले गरे आत्मदाहको प्रयास

अर्थ प्लस
एनआईसी एसिया बैंकभित्रै ऋणीले गरे आत्मदाहको प्रयास

काठमाडौं । एनआईसी एशिया बैंकका एक ऋणीले बैंकभित्रै आत्मदाह प्रयास गरेका छन्। सुनसरीको इटहरीस्थित शाखामा ऋणी लालबहादुर पौडेलले आत्मदाह प्रयास गरेका हुन्।

पौडेललाई इलाका प्रहरी कार्यालय इटहरीमा लगेर सोधपुछ गरिएको प्रहरीले जनाएको छ। बैंकका कर्मचारीलाई पनि सोधपुछका लागि बोलाइएको छ। 

प्रारम्भिक अनुसन्धानका क्रममा पौडेलले बैंकबाट १ करोड ऋण लिएको र विगत ५ सात महिनादेखि ब्याज नतिरेको पाइएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक चन्द्र बहादुर खड्काले बताएका छन्।

बैंकमा जाने क्रममा उनले साथमा पेट्रोल लिएर गएको खड्काले बताएका छन्। साथै, उनले आफूले लगेको पेट्रोल बैंकका कर्मचारी र आफूमाथि छर्केको प्रहरीले जनाएको छ।  

सम्बन्धित समाचार