Logo

Oct 20 2026 | २०८३, कात्तिक ४गते

images

सन नेपाल लाइफले लाभांश वितरण र हकप्रद निष्काशनको एजेण्डा राखेर डाक्यो एजीएम

सन नेपाल लाइफले लाभांश वितरण र हकप्रद निष्काशनको एजेण्डा राखेर डाक्यो एजीएम

अर्थ प्लस
सन नेपाल लाइफले लाभांश वितरण र हकप्रद निष्काशनको एजेण्डा राखेर डाक्यो एजीएम

काठमाडौं, बैशाख १७ । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको लाभांश वितरण र हकप्रद निष्काशनको प्रस्ताव पारित गर्न सातौ वार्षिक साधारण सभा आउदो जेठ ९ गते बुधबार बस्ने भएको छ । सभा काठमाडौंको कालिकास्थानस्थित अमृतभोग केटरर्स प्रा.लि. मा विहानको १० बजेदेखि सुरु हुनेछ । कम्पनीको वैशाख १६ गते बसेको संचालक समितिको बैठकले यो निर्णय गरेको हो ।

सभाले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट कम्पनीको चुक्ता पुँजी तीन अर्ब २० करोड रुपैयाँको २३.८० प्रतिशत बोनश शेयर र १.२५२६ प्रतिशत (कर प्रयोजनार्थ) नगद लाभांश वितरणको प्रस्ताव पारित गर्नेछ ।

सभाले बोनस शेयर वितरण पश्चात् कायम चुक्ता पूँजीको २७ प्रतिशतका दरले हकप्रद शेयर जारी गर्ने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने, सर्वसाधारण शेयरधनी समूहबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने १ जना सञ्चालकको निर्वाचन गर्ने लगायतका प्रस्तावहरू पनि पारित गर्ने एजेण्डा रहेको छ ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले वैशाख २७ गते बुकक्लोज गर्ने निर्णय गरेको छ । जस अनुसार वैशाख २६ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरू सभामा भाग लिन तथा कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न योग्य हुनेछन् ।

सम्बन्धित समाचार