Logo

Jul 31 2026 | २०८३, साउन १५गते

images

घट्यो सुनको मूल्य

घट्यो सुनको मूल्य

अर्थ प्लस
घट्यो सुनको मूल्य

काठमाडौं, बैशाख १७ । नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य तोलामा ४ सय रुपैयाँले घटेको हो ।महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ३७ हजार २०० र तेजाबी सुन १ लाख ३६ हजार ५५० रुपैयाँमा कारोबार भइरहेको छ ।

आइतबार छापावाल सुन प्रतितोला १ लाख ३७ हजार ६०० र तेजाबी सुन १ लाख ३६ हजार ९५० रुपैयाँमा कारोबार भएको थियो ।त्यस्तै, आज आज चाँदीको मूल्य भने बढेको छ । महासङ्घका अनुसार आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेर प्रतितोला १६ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ ।यसअघि आइतबार चाँदी तोलाको १६ सय ६० रुपैयाँमा कारोबार भएको थियो ।

सम्बन्धित समाचार