काठमाडौं । बिहीबार पनि नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक घटेको छ । यसदिन नेप्से परिसूचक १६.२९ अंकले घटेर २ हजार ६ सय ७२.५८ को बिन्दुमा आएको छ । आज कारोबारमा आएका ५९ कम्पनीको सेयर भाउ बढेको छ भने २ सय ६ कम्पनीको घटेको छ ।
बिहीबार सबैभन्दा धेरै कमाउनेमा एभरेष्ट कलर लिमिटेडका लगानीकर्ता रहेका छन् । यस कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ । यता, आज सबैभन्दा धेरै गुमाउनेमा कालिन्चोक हाइड्रोपावरका लगानीकर्ता रहेका छन् । यस कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।
आज नेप्से परिसूचकसँगै कारोबार रकम पनि घटेको छ । बिहीबार ३ अर्ब ३८ करोड १३ लाख १८ हजार रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । बुधबार ४ अर्ब २ करोड ९३ लाख ३० हजार रुपैयाँभन्दा धेरैको सेयर कारोबार भएको थियो ।
