Logo

Oct 20 2026 | २०८३, कात्तिक ४गते

images

एनएमबि बैंकले सुरु गर्‍यो सेकेन्ड-ह्यान्ड इभि कर्जा, व्यक्तिगतदेखि व्यवसायिक प्रयोजनसम्म सुविधा

एनएमबि बैंकले सुरु गर्‍यो सेकेन्ड-ह्यान्ड इभि कर्जा, व्यक्तिगतदेखि व्यवसायिक प्रयोजनसम्म सुविधा

अर्थ प्लस
एनएमबि बैंकले सुरु गर्‍यो सेकेन्ड-ह्यान्ड इभि कर्जा, व्यक्तिगतदेखि व्यवसायिक प्रयोजनसम्म सुविधा

काठमाडौँ– एनएमबि बैंक लिमिटेडले व्यक्तिगत तथा विभिन्न संघ–संस्थाहरूका लागि पुराना (सेकेन्ड–ह्यान्ड) विद्युतीय सवारी साधन खरिद गर्न सहज बनाउने उद्देश्यले सेकेन्ड–ह्यान्ड इभी कर्जा सुविधा सुरु गरेको छ । दिगो बैंकिबलाई प्राथमिकता दिँदै आएको बैंकको यस पहलले नेपालमा चारपाङ्ग्रे विद्युतीय सवारी साधनको पहुँचलाई सुलभ र किफायती बनाउनेविश्वास लिएको छ ।

सरल र छिटो प्रक्रियाबाट उपलब्ध गराइने यो कर्जा सुविधा, व्यक्तिगत तथा व्यावसायिक प्रयोजनका लागि उपलब्ध हुनेछ । इच्छुक ग्राहकहरूले देशभर रहेका एनएमबि बैंकका शाखाहरू वा डिजिटल माध्यमहरू मार्फत सजिलैसँग आवेदन दिन सक्नुहुनेछ । बैंकले ग्राहकहरूको जीवनलाई सहज बनाउन र नेपालमा वातावरणीय दिगोपन प्रवद्र्धन गर्न सधैं नयाँ र प्रभावकारी वित्तीय सुविधाहरू ल्याउँदै आएको छ ।

एनएमबि बैंकले हाल देशभरी १९८ शाखाहरु, १७६ एटिएमहरु र ९एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ ।

सम्बन्धित समाचार