Logo

Oct 20 2026 | २०८३, कात्तिक ४गते

images

सानिमा बैंक नेशनल कार्ड स्वीच अन्तर्गतको नेपाल पे कार्डमा आवद्ध

सानिमा बैंक नेशनल कार्ड स्वीच अन्तर्गतको नेपाल पे कार्डमा आवद्ध

अर्थ प्लस
सानिमा बैंक नेशनल कार्ड स्वीच अन्तर्गतको नेपाल पे कार्डमा आवद्ध

काठमाडौं । सानिमा बैंक र एनसीएचएल बीच एनपीएस एनसीएस तथा नेशनल कार्ड स्किम (नेपाल पे कार्ड) को प्रिन्सिपल मेम्बरसिपका लागि सम्झौता भएको छ । यस औपचारिक कार्यक्रममा उक्त सम्झौतापत्रमा दुवै कम्पनीको उच्च पदाधिकारीको उपस्थितिमा हस्ताक्षर तथा आदानप्रदान भएको छ ।

उक्त सम्झौता पश्चात, एनपीएस एनसीएसमा बैंकको स्वीच इन्टिग्रेसन गरिसकेपछि आफ्नो ग्राहकहरुलाई नेपाल पे कार्ड जारी गर्न तथा नेपाल पेको कारोबार अक्वायर गर्न सक्नेछ । हालसम्म एनपीएस एनसीएसमा अन्य ३३ वटा बैंक वित्तीय संस्थाहरु प्रिन्सिपल मेम्बरको रुपमा आवद्ध भइसकेका छन्, जसमध्ये १२ वटा बैंक वित्तीय संस्थाहरुले लाइभ अपरेसन शुरु गरिसकेका छन् ।

एनसीएचएलले हालै नेपाल पे कार्डको व्यवसायीक रोलआउट शुरु गरिसकेको छ र अन्तराष्ट्रिय नेटवर्क डिस्कभरसँगको सहकार्यमा नेपाल पे कार्ड विश्वव्यापी रुपमा प्रयोग गर्न सकिने भएको छ । नेशनल पेमेन्ट स्विच अन्तर्गत नेपाल पे सञ्चालनमा आएसँगै बैंक तथा वित्तीय संस्था, भुक्तानी सेवाप्रदायक र भुक्तानी प्रणाली सञ्चालकले जारी गर्ने नेपाल पे कार्डहरू नेपाल तथा विश्वव्यापी रूपमा एटीएम र पीओएस टर्मिनलमा प्रयोग गर्न सकिने भएको छ ।

एनपीएस एनसीएसलाई विभिन्न कार्ड स्विचहरु बीच अन्तरआबद्धता कायम गर्दै डोमेस्टिक कार्ड कारोबारहरुको राउटिङ्ग र सेटलमेन्टको लागि एक सेन्ट्रल कार्ड स्विचको रुपमा स्थापना भएको हो । उक्त प्रणालील गर्दा डोमेस्टिक कार्ड कारोबारहरूको लागत घटाउने, डाटा लोकलाइजेशन सुनिश्चित हुने र डिजिटल इकोसिस्टममा नवीनतम उपकरणहरुको विकास तथा प्रवद्र्धन हुने अपेक्षा गरिएको छ । एनपीएस एनसीएस र नेपाल पे कार्डको कार्यान्वयनले नेपालको कार्ड इकोसिस्टमलाई थप उचाँईमा पु(याउने अपेक्षा गरिएको छ ।

हरेक बैंकले कार्ड सम्बन्धी विभिन्न प्रोडक्छ तथा सेवाहरु विस्तार गर्न आफ्नो कार्ड स्वीच समेत सञ्चालनमा ल्याएको छ । नेपालका अग्रणी बैंकहरु मध्येको सानिमा बैंकले देश भरी रहेका १०६ वटा शाखा, २८ विस्तारित काउन्टर तथा १२७ एटीएम टर्मिनल मार्फत ग्राहकवर्गहरुलाई अत्याधुनिक बैंकिङ्ग तथा वित्तीय सेवाहरु प्रदान गर्दै आइरहेको छ ।

सम्बन्धित समाचार