Logo

Oct 20 2026 | २०८३, कात्तिक ४गते

images

बैंकहरुको मुद्दति निक्षेपमा ७ अर्ब बढी लगानी गर्दै राष्ट्र बैंक

बैंकहरुको मुद्दति निक्षेपमा ७ अर्ब बढी लगानी गर्दै राष्ट्र बैंक

अर्थ प्लस
बैंकहरुको मुद्दति निक्षेपमा ७ अर्ब बढी लगानी गर्दै राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकहरुको मुद्दति निक्षेपमा ७ अर्ब ३५ करोड रुपैयाँ लगानी गर्ने भएको छ। केन्द्रीय बैंकको उपादन तथा पेन्सन कोषमा रहेको रकम बैंकहरुको मुद्दति निक्षेपमा लगानी गर्न लागिएको हो। 

यसका लागि माघ २ गते राति ७ बजेसम्म ब्याजदर प्रस्ताव गर्न राष्ट्र बैंकले बैंकहरुलाई आह्वान गरेको छ। यो लगानी ३६६ दिनका लागि हुने केन्द्रीय बैंकले जनाएको छ।

कुल रकममध्ये राष्ट्र बैंकले वाणिज्य बैंकमा ५ अर्ब ८८ लाख रुपैयाँ, राष्ट्रियस्तरका विकास बैंकमा १ अर्ब १० करोड २५ लाख रुपैयाँ र राष्ट्रियस्तरका वित्त कम्पनीमा ३६ करोड ७५ लाख रुपैयाँ मुद्दति निक्षेपका रुपमा लगानी गर्नेछ। 

सम्बन्धित समाचार