Logo

Jul 30 2026 | २०८३, साउन १४गते

images

नेशनल लाइफको ३८औँ वार्षिक साधारणसभा सम्पन्न, प्रस्तावित लाभांश पारित

नेशनल लाइफको ३८औँ वार्षिक साधारणसभा सम्पन्न, प्रस्तावित लाभांश पारित

अर्थ प्लस
नेशनल लाइफको ३८औँ वार्षिक साधारणसभा सम्पन्न, प्रस्तावित लाभांश पारित

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको ३८औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभा सभा काठमाडौंको लाजिम्पाटस्थित कम्पनीको केन्द्रीय कार्यालयमा सम्पन्न भएको हो ।

सभाले आर्थिक वर्ष २०८१।८२ का लागि प्रस्तावित हाल कायम चुक्तापुँजीको ४ प्रतिशत बोनस शेयर र ८.५ प्रतिशत नगद लाभांश अनुमोदन गरेको छ । लाभांश प्रयोजनार्थ छुट्याइएको करबापत ०.६६ प्रतिशतले हुन आउने नगद लाभांश पनि सभाले स्वीकृत गर्नेछ।

सभाले चुक्तापुँजी वृद्धि गरी प्रबन्धपत्रमा संशोधन गर्ने प्रस्ताव पारित गरेको छ । कम्पनीको हालको लगानीसम्बन्धी व्यवस्था थप परिमार्जन गर्ने प्रस्ताव पनि सभाले अनुमोदन गरेको छ ।

सभाले नियमावली र प्रबन्धपत्रमा संशोधन गर्दा नियमनकारी निकायहरुबाट प्राप्त रायसुझाव वा निर्देशनअनुसार गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पारित गरेको छ ।

सभाले गत आर्थिक वर्षको वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गर्नुका साथै चालु आर्थिक वर्ष २०८२।८३ का लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव अनुमोदन गरेको छ ।

कम्पनीको कूल बीमाशुल्क १०.२६ प्रतिशतले बृद्धि भई रु.२,२५९.३७ करोड पुगेको छ । समिक्षा वर्षको संचालनवाट जम्मा रु.१,४९८.५९ करोड खूद थप रकम कूल बीमा करार दायित्वमा सारिएको छ र कूल बीमा करार दायित्व गत वर्षको तुलनामा १८.८३ प्रतिशतले बृद्धि भई वर्षान्तमा रु.९,४५८.७७ करोड पुगेको छ । यसै गरी कम्पनीले समीक्षा वर्षमा मृत्यु दावी, अवधि समाप्ती एवं आंशिक अवधि समाप्ती दावी, सर्मपण मूल्य, दावी एंव अन्य दावी भुक्तानीमा रु. ९४८.६५ करोड दावी भुक्तानी गरेको छ ।

सम्बन्धित समाचार