Logo

Oct 20 2026 | २०८३, कात्तिक ४गते

images

एनआईसी एसिया बैंकको सम्पत्ति लिलाम बिक्री पोर्टलमा

एनआईसी एसिया बैंकको सम्पत्ति लिलाम बिक्री पोर्टलमा

अर्थ प्लस
एनआईसी एसिया बैंकको सम्पत्ति लिलाम बिक्री पोर्टलमा

काठमाडौं । एनआईसी एसिया बैंक लिमिटेडको नाममा रहेका बैंकिङ सम्पत्तिहरू, गैरबैंकिङ सम्पत्ति तथा धितो सुरक्षणमा रहेको सम्पत्तिसमेतको लिलाम बिक्री सम्बन्धी विस्तृत जानकारी गराउने उद्देश्यले एक अनलाइन पोर्टल सार्वजनिक सार्वजनिक गरिसकेको छ ।

बैंकले सञ्चालनमा ल्याएको यस अनलाईन पोर्टलमार्फत बैंकले लिलाम बिक्री गर्ने सम्पत्ति सम्बन्धी सम्पूर्ण सूचनाहरूको बारेमा विस्तृत जानकारी समेटिएको जनाएको छ ।

यसको लागि ग्राहकले लिलाम बिक्रीसम्बन्धी प्रकाशन गरिएको सूचनामा रहेको क्युआर कोड स्क्यान गरी आउने पोर्टल https://auctionassistance.nicasiabank.com भित्र लिलाम बिक्रीमा रहेका सम्पत्तिको कित्ता नं. तथा क्षेत्रफल सहितको विवरण, फोटो, नक्सा एवं उक्त सम्पत्तिको स्थान (लोकेसन) पहिचानका लागि गुगल म्याप सहितका विविध जानकारी प्राप्त गर्न सक्नेछन् ।

सम्बन्धित समाचार