काठमाण्डौ – बैंकिङ प्रणालीमा देखिएको अधिक तरलता व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले आज २० अर्ब रुपैयाँ निक्षेप संकलनमार्फत झिक्ने भएको छ। केन्द्रीय बैंकले अल्पकालीन उपकरण प्रयोग गर्दै ८४ दिनका लागि निक्षेप संकलन गर्ने तयारी गरेको हो।
राष्ट्र बैंकका अनुसार अनलाइन बिडिङ प्रणालीमार्फत आज मध्यान्ह २ बजेबाट बोलकबोल प्रक्रिया सुरु हुनेछ। इच्छुक बैंक तथा वित्तीय संस्थाले न्यूनतम १० करोड रुपैयाँदेखि अधिकतम ५ करोड रुपैयाँको भागमा आवेदन दिन सक्नेछन्। कुल आह्वान रकमसम्म आवेदन दिन सकिने व्यवस्था गरिएको छ।
यस निक्षेप संकलनको साँवा तथा ब्याज भुक्तानी आगामी चैत २९ गते हुनेछ। नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाले यस प्रक्रियामा सहभागिता जनाउन सक्नेछन्।
