Logo

Oct 20 2026 | २०८३, कात्तिक ४गते

images

राष्ट्र बैंकले मुद्दति निक्षेपमा ५ अर्ब बढी लगानी गर्दै

राष्ट्र बैंकले मुद्दति निक्षेपमा ५ अर्ब बढी लगानी गर्दै

अर्थ प्लस
राष्ट्र बैंकले मुद्दति निक्षेपमा ५ अर्ब बढी लगानी गर्दै

 

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकहरुको मुद्दति निक्षेपमा ५ अर्ब रुपैयाँ लगानी गर्ने भएको छ। केन्द्रीय बैंकको विभिन्न कोषमा रहेको ५ अर्ब १ करोड १६ लाख रुपैयाँ बैंकहरुको मुद्दति निक्षेपमा लगानी गर्न लागिएको हो। 

यसका लागि माघ ८ गते राति १२ बजेसम्म ब्याजदर प्रस्ताव गर्न राष्ट्र बैंकले बैंकहरुलाई आह्वान गरेको छ। यो लगानी  ३६६ दिनका लागि हुने केन्द्रीय बैंकले जनाएको छ।

कुल रकममध्ये राष्ट्र बैंकले वाणिज्य बैंकमा ४ अर्ब ९४ लाख रुपैयाँ, राष्ट्रियस्तरका विकास बैंकमा ७५ करोड १७ लाख रुपैयाँ र राष्ट्रियस्तरका वित्त कम्पनीमा २५ करोड ५ लाख रुपैयाँ मुद्दति निक्षेपका रुपमा लगानी गर्ने भएको छ।

सम्बन्धित समाचार