Logo

Oct 20 2026 | २०८३, कात्तिक ४गते

images

सानिमा बैंकका ग्राहकहरुलाई बिगमार्टमा आकर्षक क्यासब्याक

सानिमा बैंकका ग्राहकहरुलाई बिगमार्टमा आकर्षक क्यासब्याक

अर्थ प्लस
सानिमा बैंकका ग्राहकहरुलाई बिगमार्टमा आकर्षक क्यासब्याक

काठमाण्डौ । सानिमा बैंकले बिगमार्ट क्यासब्याक योजनाको पहिलो चरणको अपार सफलता पश्चात् आफ्ना ग्राहकहरुका लागि समय थप गरी योजना पुनः सञ्चालन गरेको छ ।

उक्त योजनाअन्तर्गत, सानिमा बैंकका ग्राहकहरुले हरेक शुक्रबार सानिमा डेबिट तथा क्रेडिट कार्ड मार्फत बिगमार्टमा सामान खरिद गरी भुक्तानी गर्दा १० प्रतिशत वा अधिकतम रु २०० सम्मको क्यासब्याक पाउने व्यवस्था गरेको छ । यो योजना २०८३ साल असारसम्मका लागि लागू हुनेछ ।

बैंकले यसैगरी ग्राहकहरुलाई विभिन्न छुट तथा अफरहरु प्रदान गरी डिजिटल भुक्तानीको अधिकतम प्रयोग गर्न प्रोत्साहन गर्दै आएको जनाएको छ । छुटको विस्तृत विवरण बैंकको वेबसाइट https://www.sanimabank.com/digital-banking/offers मा उपलब्ध छ ।  

 

सानिमा बैंकको देशको सातै प्रदेशमा १३४ वटा कार्यालयहरु तथा १२८ वटा एटीएमहरु संचालनमा रहेका छन् ।

सम्बन्धित समाचार