Logo

Oct 20 2026 | २०८३, कात्तिक ४गते

images

सिद्धार्थ बैंकका ग्राहकहरूलाई आईएमई हस्पिटालिटी ग्रुपमा १० प्रतिशतसम्म छुट

सिद्धार्थ बैंकका ग्राहकहरूलाई आईएमई हस्पिटालिटी ग्रुपमा १० प्रतिशतसम्म छुट

अर्थ प्लस
सिद्धार्थ बैंकका ग्राहकहरूलाई आईएमई हस्पिटालिटी ग्रुपमा १० प्रतिशतसम्म छुट

काठमाडौँ । सिद्धार्थ बैंक र आईएमई हस्पिटालिटी ग्रुपबीच बैंकका ग्राहकहरूलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।  सम्झौताअनुसार लाजिम्पाटस्थित होटेलले हिमालय तथा साके एण्ड फेङ्ग रेष्टुरेन्ट, हर्कपुर तथा बागलुङस्थित इला कम्फर्ट, मौलाकाली स्थित इला रिसोर्टस्, मौलाकाली केबलकार, लुम्बिनी केबल कार र पोखरा स्थित द् लेक रिट्रिटमा बैंकका ग्राहकहरूले बैंकको कार्ड वा मोबाइल बैंकिङ प्रयोग गरीे भुक्तानी गर्दा १० प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्नुहुनेछ ।

सो सम्झौताले ग्राहकहरूलाई छुटको सुविधा उपलब्ध गराउनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारमा जान पनि उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ ।

उक्त समन्वयको बारेमा थप जानकारीका लागि बैंकको २४सै घण्टा सञ्चालनमा रहने ग्राहक सेवा केन्द्र, ‘सिद्धार्थ केयर’मा निम्न माध्यमहरूमार्फत सम्पर्क गर्न सक्नुहुनेछ ।   

सम्बन्धित समाचार