Logo

Jul 30 2026 | २०८३, साउन १४गते

images
कर्पोरेट

बिगमार्टमा सामान खरिद गर्दा कार उपहार

बिगमार्टमा सामान खरिद गर्दा कार उपहार

बिगमार्टमा सामान खरिद गर्दा कार उपहार

काठमाडौं , पुस २९। बिगमार्टले यस जाडो मौसमलाई मध्यनजर गर्दै ‘बिगमार्ट कार उपहार’ उत्सव ल्याएको छ।

यस उत्सवअन्तर्गत कम्पनीले माघ १ गतेदेखि फागुन १५ गतेसम्म हरेक सामानको खरिदमा आकर्षक छुट तथा उपहारहरूको व्यवस्था गरेको छ।

जसमा बम्पर पुरस्कार अन्तर्गत भाग्यशाली एक जना ग्राहकलाई टाटा टियागो कार, एक जाना भाग्यशाली ग्राहकलाई एउटा यमाहा रे–जेड स्कुटर, भाग्यशाली पाँच जना ग्राहकहरूलाई ५ वटा स्मार्टफोन, १० भाग्यशाली ग्राहकहरूलाई जनही ५ हजार रूपैयाँ बराबरको किनमेल भौचर प्रदान गर्ने कम्पनीको भनाइ छ।

साथै, ग्लोबल आईएमई बैंकको क्रेडिट कार्डमार्फत् बिल भुक्तानी गर्दा १० प्रतिशत (३०० रुपैयाँसम्म), एनसिएचएल नेपाल पे क्युआरमार्फत् भुक्तानी गर्दा १० प्रतिशत (१०० रुपैयाँ) र हरेक शनिबार र बुधबार फलफूल तथा तरकारीको खरिदमा स्मार्ट क्युआरमार्फत् बिल भुक्तानी गर्दा १५ प्रतिशत (१५० रुपैयाँ) सम्म तत्काल छुट प्राप्त गर्न सकिने कम्पनीको भनाइ छ।

प्रत्येक ७ सय ५० रुपैयाँ वा त्यसभन्दा बढीको खरिदमा पुरस्कारहरूको लागि लक्की ड्रमा प्रवेश गर्न सकिने कम्पनीले बताएको छ।

सम्बन्धित समाचार