Logo

Oct 20 2026 | २०८३, कात्तिक ४गते

images

सानिमा बैंकले पायो २ अर्बको अग्राधिकार सेयर जारी गर्ने अनुमति

सानिमा बैंकले पायो २ अर्बको अग्राधिकार सेयर जारी गर्ने अनुमति

अर्थ प्लस
सानिमा बैंकले पायो २ अर्बको अग्राधिकार सेयर जारी गर्ने अनुमति

काठमाडौं- सानिमा बैंकले नेपाल धितोपत्र बोर्डबाट अग्राधिकार सेयर जारी गर्ने अनुमति पाएको छ।

बोर्डले २ अर्ब रुपैयाँबराबरको अविमोच्य असञ्चिति अग्राधिकार सेयर जारी गर्ने अनुमति दिएको हो। 

यससँगै सानिमा बैंकले १०० रुपैयाँ अंकित दरका कुल २ करोड कित्ता अग्राधिकार सेयर जारी गर्नेछ।

बैंकले यो अग्राधिकारको लाभांश दर ८.२५ प्रतिशत तय गरेको छ। जुन मुनाफा भएको वर्षमात्र वितरण गरिन्छ।

बैंकको अग्राधिकार सेयरको बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ।

सम्बन्धित समाचार