Logo

Oct 20 2026 | २०८३, कात्तिक ४गते

images

 घट्यो सुनचाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ?

 घट्यो सुनचाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ?

अर्थ प्लस
 घट्यो सुनचाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा सुनको भाउ फेरि ओरालो लाग्न थालेको छ । हिजो बिहीबार तोलामा ९ हजार ५ सय रुपैयाँ घटेको सुन आज शुक्रबर पनि ४ हजार २ सय रुपैयाँले घटेको हो ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको भाउ प्रतितोला २ लाख ९१ हजार रुपैयाँ कायम भएको छ ।

बिहीबार सुनको भाउ प्रतितोला २ लाख ९५ हजार २ सय रुपैयाँ थियो । त्यसैगरी, आज चाँदीको भाउ पनि घटेको छ । चाँदी तोलामा २ सय ७० रुपैयाँले घटेर ४ हजार ७ सय १० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । हिजो बिहीबार चाँदी प्रतितोला ४ हजार ९ सय ८० रुपैयाँमा कारोबार भएको थियो ।

सम्बन्धित समाचार