Logo

Oct 20 2026 | २०८३, कात्तिक ४गते

images

होटल फरेष्ट इनको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

होटल फरेष्ट इनको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

अर्थ प्लस
होटल फरेष्ट इनको आईपीओमा आवेदन दिने आज अन्तिम दिन


काठमाडौं ।  होटल फरेष्ट इनको आईपीओमा आवेदन दिने आज माघ २६ गते अन्तिम दिन रहेको छ ।कम्पनीले माघ २२ गतेदेखि सर्वसाधारणका लागि बिक्री खुला गरेको हो । होटलले दोस्रो चरणमा सर्वसाधारणका लागि १०० रुपैयाँ अंकित दरका कुल ३३ लाख २० हजार कित्ता आईपीओ खुला गरेको हो। होटलले सामूहिक लगानी कोषका लागि २ लाख कित्ता र आफ्ना कर्मचारीका लागि ८० हजार कित्ता छुट्याएको छ।

यो आईपीओमा सर्वसाधारणले न्यूनतम १० कित्ता र अधिकतममा २ लाख कित्ता सेयर खरिदका लागि आवेदन दिन सक्नेछन्। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका तोकिएको शाखासँगै सीडीएससीको मेरो शेयरबाट आवेदन दिन सक्नेछन्।

सम्बन्धित समाचार