आज वि.सं.२०८२ साल फाल्गुन ९ गते, शनिबार तदनुसार इस्वी सन् २०२६ फेब्रुअरी २१ तारिख, नेपाल संवत् ११४६, सिद्धार्थी संवत्सर, उत्तरायण, शिशिर ऋतु, श्रीशाके १९४७, फाल्गुन शुक्लपक्ष, चतुर्थी तिथी, दिउँसो १ः५४ बजेपछि पञ्चमी, रेवती नक्षत्र, आनन्दादिमा–धाता योग, चन्द्रराशि–मीन, बेलुकी ८ः११ बजेपछि मेष ।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आम्दानीभन्दा खर्च बढ्दा आर्थिक दबाब बढ्नेछ र फजुल खर्चले अर्थ अभाव देखापर्न सक्छ। लगानी बढे पनि आम्दानी कम रहनेछ। प्रेम सम्बन्धमा आशङ्काले दूरी बढाउन सक्छ। पढाइमा भने राम्रो नतिजा आउनेछ। विदेशी व्यापार र वैदेशिक रोजगारीमा सफलता मिल्नेछ। राजनीतिमा आलोचनात्मक समर्थन पाइनेछ, तर आक्षेप र अवरोध पनि सामना गर्नुपर्नेछ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
पैतृक सम्पत्तिको उचित परिचालनबाट मनग्य धन आर्जन गर्न सकिनेछ। विद्यार्थीहरूका लागि समय अनुकूल रही राम्रो नतिजा आउनेछ। आयका नयाँ स्रोत फेला पर्नेछन् र व्यापार विस्तारका योजना कार्यान्वयन गर्न सकिनेछ। मिहिनेतले उत्कृष्ट परिणाम दिनेछ। कृषि तथा पशुपालनमा लाभ हुनेछ। भविष्यका लागि दिगो फाइदा हुने नयाँ काम सुरु गर्ने अवसर मिल्नेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
कार्यक्षेत्रमा उत्कृष्ट कामले लोकप्रियता बढ्नेछ। प्रेममा विश्वास बलियो बन्नेछ। व्यापार र उत्पादन क्षेत्रमा लगानीबाट राम्रो आम्दानी हुनेछ। सामाजिक तथा राजनीतिक क्षेत्रमा सक्रिय रहँदा प्रतिष्ठा बढ्नेछ। सेवामूलक कार्यबाट लाभ मिल्नेछ र रोकिएका काम सम्पन्न हुनेछन्। पिताको सहयोग तथा सहकर्मीको साथ पाइनेछ। मिहिनेतले अपेक्षित नतिजा र भाग्योन्नति दिलाउनेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
बौद्धिक र सिर्जनात्मक काममा राम्रो नतिजा मिल्नेछ भने धर्म–अध्यात्मतर्फ रुचि बढ्नेछ। व्यापारमा लगानीबाट आम्दानी सम्भव छ र पारिवारिक तथा दाम्पत्य सम्बन्ध सुमधुर रहनेछ। उच्च शिक्षाका लागि विदेशतिर सकारात्मक संकेत देखिन्छ। तर स्वास्थ्य कमजोर रहन सक्छ, कामको चाप बढ्नेछ। धेरै लगानीमा कम फाइदा हुने सम्भावना छ, उपलब्धिका लागि धैर्य आवश्यक हुनेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आफन्त र अग्रजको सहयोगले राम्रो काम गर्न सकिनेछ। व्यापारमा लगानी बढ्दा आम्दानी राम्रो हुनेछ र दैनिकी सहज बन्नेछ। प्रेम तथा दाम्पत्य सम्बन्ध सुदृढ रहनेछन्। अप्रत्याशित धन प्राप्तिको योग छ। राजनीति र समाजसेवामा समर्थन मिल्नेछ। तर स्वास्थ्यमा कमजोरी देखिन सक्छ, कामको चाप बढ्नेछ। धैर्य र संयम अपनाए सफल नतिजा प्राप्त हुनेछ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
आफन्तसँग रमाइलो यात्रा र भेटघाट हुनेछ। व्यापार तथा साझेदारी व्यवसाय फस्टाएर राम्रो फाइदा हुनेछ। पारिवारिक जमघट र स्वादिष्ट भोजनको अवसर मिल्नेछ। प्रेम र मित्रता बलियो बन्नेछ तथा जीवनसाथीबाट उपहार प्राप्त हुन सक्छ। महत्वाकांक्षी योजना पूरा हुनेछन्। परिस्थितिलाई अनुकूल बनाई दिगो फाइदा हुने काम अघि बढाउन सकिनेछ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
प्रतिस्पर्धामा विजय प्राप्त हुनेछ र ईर्ष्या गर्नेहरू पछि पर्नेछन्। पुराना ऋण र समस्या समाधान गर्दै परिणाममुखी काम गर्न सकिनेछ। अध्ययन र प्रेममा सफलता मिल्नेछ। व्यापारमा आजको लगानीले भविष्यमा नाफा दिनेछ। नयाँ अवसरमा सावधानी आवश्यक छ। स्वास्थ्यमा ध्यान दिँदै मेहनत गरे छोटो समयमै उपलब्धि र प्रतिष्ठा हासिल हुनेछ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
ज्ञान र बौद्धिक क्षमताको सही प्रयोगले प्रतिस्पर्धामा सफलता मिल्नेछ र उचित पारिश्रमिक पाइनेछ। सन्तानको सहयोग तथा प्रियजनबाट उपहार प्राप्त हुने योग छ। सामाजिक सञ्जालमार्फत आफ्ना विचार फैलाउन सकिनेछ। यात्रा लाभदायी रहनेछ। तर चञ्चलता र विवादले सम्बन्ध कमजोर बनाउन सक्छ। गलत विश्वास र पुराना समस्या दोहोरिनाले केही काममा ढिलाइ हुन सक्छ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
माया प्रेममा अविश्वास बढ्न सक्छ र पारिवारिक मनमुटाब देखिन सक्छ। पढाइ कमजोर रहने तथा राजनीति–समाजसेवामा अपेक्षित प्रतिष्ठा नपाइने सम्भावना छ। व्यापारमा समय बढी लाग्नेछ भने कृषि–पशुपालनमा लाभ मिल्नेछ। खर्च बढ्दा आर्थिक दबाब बढ्न सक्छ। हतारको निर्णय र गलत संगतबाट सावधान रहनु आवश्यक छ, धैर्यपूर्वक प्रयास गर्दा सुधार सम्भव हुनेछ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
प्रतिस्पर्धामा विजय प्राप्त हुनेछ र पराक्रमी कामले नाम र धन दुवै बढ्नेछ। लेखन, कला र साहित्यमा रुचि बढ्नेछ। प्रेमील जोडीका लागि समय अनुकूल छ। दाजुभाइ र आफन्तको सहयोगले व्यापारमा लगानी गरी लाभ कमाउन सकिनेछ। प्रयास र धैर्यले रोकिएका काम सम्पन्न हुनेछन्, नयाँ योजना सुरु गर्न सकिनेछ, उद्योग–व्यापारमा विशेष फाइदा हुनेछ र प्रतिस्पर्धी परास्त हुनेछन्।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
पारिवारिक माहौल रमाइलो रहनेछ र मिष्ठान्न भोजनको अवसर मिल्नेछ। बोली र अभिव्यक्तिमा प्रभाव बढेर धेरै काम सफल हुनेछ। पढाइमा प्रतिस्पर्धीलाई पछाडि पार्दै नतिजा मिल्नेछ। प्रेममा शंका घट्नेछ। निर्माण र खानेकुराको व्यापार फस्टाउनेछ। प्रविधि र बौद्धिक कार्यमा प्रगति हुनेछ। नयाँ योजना सुरु हुने, आम्दानी बढ्ने र दिगो फाइदा हुने काम गर्न सकिनेछ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
व्यापारमा लगानीले मनग्गे धन आर्जन हुनेछ र आर्थिक पक्ष मजबुत रहनेछ। विद्यार्थीहरूका लागि समय अनुकूल छ। आफन्तसँग रमाइलो यात्रा र मिष्ठान्न भोजनको अवसर हुनेछ। प्रणय सम्बन्धमा सुधार आउनेछ। दैनिक समस्या समाधान हुँदै सामाजिक प्रतिष्ठा बढ्नेछ। चल–अचल सम्पत्तिबाट फाइदा हुनेछ। नयाँ योजना र सहयोगी भेटिनेछन्। बौद्धिक क्षमता र व्यक्तित्व निखार्ने समय प्राप्त हुनेछ।
