Logo

Jul 31 2026 | २०८३, साउन १५गते

images

आजको मौसम: यी प्रदेशमा वर्षा र हिमपातको सम्भावना

आजको मौसम: यी प्रदेशमा वर्षा र हिमपातको सम्भावना

अर्थ प्लस
आजको मौसम: यी प्रदेशमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भू–भागलगायत अन्य बाँकी हिमाली भू–भागमा आंशिक बादल लागेको छ ।

बाँकी भागमा मौसम मुख्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आइतबार दिउँसो तराई भू–भागका केही स्थानमा बिहानको समयमा हुस्सु लाग्नेछ ।

देशका हिमाली भू–भागमा साधरणतया बादल लाग्नेछ भने पहाडी भू–भागमा आंशिक बादल लाग्नेछ । तराई भू–भागमा मौसम मुख्यतया सफा रहने बताइएको छ । कोसी, गण्डकी र बागमती प्रदेशका उच्च पहाडी र हिमाली भागका केही स्थान तथा बाँकी प्रदेशका उच्च पहाडी र हिमाली भू–भागको एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।

त्यसैगरी आज राति तराई भागका केही स्थानमा तुँवालो लाग्नेछ । कोसी, वाग्मती, गण्डकी र कर्णाली प्रदेशका हिमाली भागमा आंशिक बादल लाग्नेछ  बाँकी भू–भागमा मौसम सफा रहनेछ । कोसी, गण्डकी र कर्णाली प्रदेशको हिमाली भू–भागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

महाशाखाले हुस्सु र तुवाँलो लाग्ने तथा हिमपात हुने पूर्वानुमान गरिएका क्षेत्रका बासिन्दा तथा ती भेगमा यातायातका साधन सञ्चालनलगायत दैनिक गतिविधि सावधानीपूर्वक गर्न सम्बद्ध सबैलाई अनुरोध गरेको छ । 

सम्बन्धित समाचार