Logo

Jul 31 2026 | २०८३, साउन १५गते

images

तोकिएकै समयमा निर्वाचन हुन्छ, वातावरण बिथोलिने अवस्था बन्दैन : कार्यवाहक प्रमुख निर्वाचन आयुक्त

तोकिएकै समयमा निर्वाचन हुन्छ, वातावरण बिथोलिने अवस्था बन्दैन : कार्यवाहक प्रमुख निर्वाचन आयुक्त

अर्थ प्लस
तोकिएकै समयमा निर्वाचन हुन्छ, वातावरण बिथोलिने अवस्था बन्दैन : कार्यवाहक प्रमुख निर्वाचन आयुक्त


काठमाडौं । निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले तोकिएकै समयमा निर्वाचन हुने भएकोले ढुक्क भएर तयारीमा लाग्न आग्रह गरेका छन्। आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले केही तत्वहरूले निर्वाचन बिथोल्ने प्रयास गरे पनि त्यो प्रयास सफल नहुने बताएका हुन्। 

उनले तोकिएकै मिति र समयमा निर्वाचन सम्पन्न हुने उल्लेख गरे। अझै पनि केही उम्मेदवारहरूले आफूलाई निर्वाचनको बारेमा संशय राखेर फोन गर्ने गरेको उल्लेख गर्दै भ्रममा नपरी निर्वाचनको प्रचारप्रसारमा लाग्न सुझाव दिए।

उनले केही कुण्ठित व्यक्तिहरूले निश्चित उद्देश्य पूरा गर्न अनावश्यक हल्ला फैलाउने प्रयास गर्न सक्ने उल्लेख गरे। अब नेपाली जनता त्यस्ता प्रायोजित हल्लाका साक्षी बस्न नसक्ने उनको भनाइ छ।निर्वाचनको विकल्प निर्वाचन नै भएको दोहोर्‍याउँदै उनले निर्वाचनको वातावरण बिथोलिने अवस्था अब नबन्ने जिकिर गरे।

राजनीतिक दल, उम्मेदवार र तिनका कार्यकर्ताहरू निर्वाचन प्रचार–प्रसारमा सक्रिय रहेको र उनीहरूले पनि निर्वाचन बाहेक अर्को विकल्प नदेखेको उनको भनाइ छ।नयाँ पुराना सबै शक्तिहरूले समेत निर्वाचनलाई नै मार्गका रूपमा स्वीकार गरेको उनको दाबी छ।

सम्बन्धित समाचार