काठमाडौं । धादिङ बस दुर्घटनाको छानबिन गर्न समिति गठन गर्ने गृह मन्त्रालयले निर्णय गरेको छ । धादिङको बेनिघाट रोराङ्ग गाउँपालिका–५ मा सोमबार बिहान बस दुर्घटना हुँदा १९ जनाको मृत्यु भएको घटनामा छानबिन समिति बनाउने निर्णय भएको गृहले जानकारी दिएको छ ।
दुर्घटनामा ठुलो जनधनको क्षति भएपछि सोमबार गृह मन्त्रालयमा बसेको गृहमन्त्री ओमप्रकाश अर्याल, भौतिक पूर्वाधार मन्त्रालयका सचिव, सडक विभागका महानिर्देशक, यातायात व्यवसायी महासङ्घ, तीनवटै सुरक्षा निकायका प्रमुखहरू र सरोकारवाला निकायहरूबिचको छलफलले छानबिन समिति बनाउने निर्णय गरेको हो ।
पोखराबाट काठमाडौँ आउँदै गरेको ग२ख १४२१ नम्बरको बस आइतबार राति धादिङको बेनिघाट रोराङ्ग गाउँपालिका–५ भैंसेगौडा भन्ने स्थानबाट त्रिशूली नदी किनारमा खसेको थियो ।
