Logo

Jul 31 2026 | २०८३, साउन १५गते

images

नेपालको विकासमा राजनीतिक अस्थिरता मुख्य घातक होः पूर्वअर्थमन्त्री महत

नेपालको विकासमा राजनीतिक अस्थिरता मुख्य घातक होः पूर्वअर्थमन्त्री महत

अर्थ प्लस
नेपालको विकासमा राजनीतिक अस्थिरता मुख्य घातक होः पूर्वअर्थमन्त्री महत

काठमाडौँ, २३ वैशाख । नेपाली काङ्ग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले राजनीतिक अस्थिरता नेपालको बिकासका लागि घातक रहेको बताएका छन् । शनिबार नेपाल प्रेस युनियन केन्द्रीय समितिले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा डा महतले यस्तो बताएका हुन् ।

काङ्ग्रेसका कारण मुलुकमा अस्थिरता नभएको भन्दै जसले अस्थिरता निम्ताएको छ यो नेपालको लोकतान्त्रिक आन्दोलन र बिकासका लागि घातक रहेको महतले बताए । उनले भने,– ‘नेपालको राजनीति नेपाली काङ्ग्रेसको कारणले अन्योलग्रस्त भएको होइन । काङ्ग्रेसको कारणले अस्थिरता आएको होइन । जसले अस्थिरता निरन्तर रूपमा निम्ताई रहेका छन् त्यो प्रवृत्ति नेपालको लोकतान्त्रिक आन्दोलनको लागि घातक छ । नेपालको विकासको लागि घातक छ । नेपालको उन्नति र देशमा रोजगारी सिर्जनाको लागि घातक छ ।’

उनले निरन्तर अस्थिरता बनाइरहने र त्यसमा रमाइरहने प्रवृतिलाई निष्तेज बनाउनुपर्ने धारणा राखे। अविश्वासको जगमा बनेको वर्तमान सरकार अविश्वासकै कारणले चाडै टुङ्गिने उनले बताए । उनले चाडै विकास र स्थिरताप्रति समर्पित सरकार आउने दाबी गरे ।

‘अस्थिरता र अविश्वासको जगमा अहिलेको सरकार बनेको छ । यसकै कारणले यसको आयु चाडै टुङ्गिनेवाला छ । र चाडै नै हामीले लोकतन्त्रप्रति समर्पित कुराले होइन, कामले पारदर्शिता, विकास र स्थिरताप्रति समर्पित सरकार चाँडै आउने छ भन्ने विश्वास दिलाउन चाहन्छु’ उनले भने ।

महतले समावेशिता र सहभागिताको सुनिश्चित गर्दै प्रत्यक्ष निर्वाचनमा जान सकिने धारणा राखे । उनले मुलुकमा राजनीतिक स्थिरताका लागि प्रत्यक्ष निर्वाचनका लागि बहस चलाउनुपर्ने धारणा राखे ।

सम्बन्धित समाचार