काठमाडौं। नेपाल आयल निगम लिमिटेडले बढेर आएको खरिद मूल्यका बाबजुद पेट्रोलियम पदार्थको खुद्रा बिक्री मूल्य नबढाउने निर्णय गरेको छ।
निगमका अनुसार फागुन १६ गते प्राप्त नयाँ खरिद मूल्य सूचीअनुसार पेट्रोल, डिजेल र एलपी. ग्यासको मूल्य बढेर आएको हो।
पेट्रोलमा प्रतिलिटर २.१०, डिजेलमा २.४६ र एलपी ग्यासमा प्रतिसिलिन्डर १८.५८ रुपैयाँले बढे पनि निगमले मूल्य वृद्धि नगरी मूल्य यथावत् राखेको छ।
