काठमाडौं। नेपाली कांग्रेसले प्रतिनिधिसभा सदस्य निर्वाचनमा खाता खोलेको छ। कांग्रेसले मुस्ताङबाट पहिलो जीत निकालेको हो। यहाँ कांग्रेसका योगेश गौचन थकाली ३३०७ मतसहित निर्वाचित भएका जिल्ला निर्वाचन कार्यालयका प्रमुख लोकेन्द्रबहादुर ज्ञवालीले जानकारी दिए।
उनका अनुसार नेकपा एमालेले इन्द्रधारा डादु विष्टले १८०६ मत प्राप्त गरेका छन्। यसैगरी, रास्वपाका अधितीय चन्द्र थकालीले ७५९ मत प्राप्त गर्दा नेकपाका ङुटुक गुरुङले १५१ मत पाएका छन्। राप्रपाका कमला लालचनले १६१ मत पाएकी छन्।
