Logo

Jul 31 2026 | २०८३, साउन १५गते

images

१६५ निर्वाचन क्षेत्रमध्ये ६८ स्थानमा मतगणना जारी, ५२ स्थानमा रास्वपाको अग्रता

१६५ निर्वाचन क्षेत्रमध्ये ६८ स्थानमा मतगणना जारी, ५२ स्थानमा रास्वपाको अग्रता

अर्थ प्लस
१६५ निर्वाचन क्षेत्रमध्ये ६८ स्थानमा मतगणना जारी, ५२ स्थानमा रास्वपाको अग्रता

मतगणना जारी रहँदा भक्तपुर, ललितपुर र काठमाडौंमा रास्वपा उम्मेदवारकै अग्रता देखिएको छ भने कांग्रेस सभापति सर्लाही ४ मा पछाडि छन्। 

काठमाडौं। प्रतिनिधिसभा निर्वाचनअन्तर्गत देशका विभिन्न क्षेत्रमा मतगणना जारी छ। पछिल्लो मतपरिणामअनुसार हालसम्म राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा ५२ स्थानमा अग्रता लिँदै अघि बढेको छ।

पछिल्लो मतपरिणामअनुसार रास्वपाका उम्मेदवार ५२ निर्वाचन क्षेत्रमा अगाडि छन्।

त्यस्तै, नेपाली कांग्रेस सात स्थानमा, नेकपा एमाले चार स्थानमा, नेकपा तीन स्थानमा, राप्रपा  र श्रम संस्कृतिले १–१ स्थानमा अग्रता लिएका छन्।

मतगणना जारी रहँदा भक्तपुर, ललितपुर र काठमाडौंमा रास्वपा उम्मेदवारकै अग्रता देखिएको छ भने कांग्रेस सभापति सर्लाही ४ मा पछाडि छन्। 

कांग्रेस पदाधिकारीमध्ये सभापति गगन थापा सर्लाही ४, महामन्त्री प्रदीप पौडेल काठमाडौं ५, अर्का महामन्त्री गुरुराज घिमिरे मोरङ ४, सहमहामन्त्री फरमुल्लाह मञ्सुर बारा–३ मा रास्वपा उम्मेदवारभन्दा पछि छन्। सहमहामन्त्री उदयशमशेर राणाले भने ललितपुर १ बाट अग्रता लिइरहेका छन्। 

पछिल्लो मत गणनामा रास्वपा उम्मेदवार बालेन्द्र शाह बालेनले एमाले अध्यक्ष केपी ओलीले तेब्बर मतान्तरले पछि पार्दै अग्रता लिएका छन्।

सम्बन्धित समाचार