Logo

Jul 31 2026 | २०८३, साउन १५गते

images

लमजुङमा कांग्रेस उम्मेदवार शिशिराज ढकालको अग्रता

लमजुङमा कांग्रेस उम्मेदवार शिशिराज ढकालको अग्रता

अर्थ प्लस
लमजुङमा कांग्रेस उम्मेदवार शिशिराज ढकालको अग्रता

लमजुङ। एउटा मात्रै संघीय निर्वाचन क्षेत्र रहेको लमजुङमा नेपाली कांग्रेसले अग्रता लिएको छ। मुख्य निर्वाचन कार्यालय लमजुङका मुख्य निर्वाचन अधिकृत शिशिरराज ढकालका अनुसार कांग्रेसका उम्मेदवार गमप्रसाद गुरुङ १७७ मतका साथ अग्रता लिएका हुन्।

यस्तै एमालेका पृथ्वी सुब्बा गुरुङले ११८, राष्ट्रिय स्वतन्त्र पार्टीका धर्मराज केसीले ११०, नेकपाका उम्मेदवार हरिजंग तामाङले ३४ र श्रम संस्कृति पार्टीका कोषलाल गुरुङले १३ मत प्राप्त गरेका छन्। दूधपोखरी गाउँपालिका–४ मा रहेको दुई मतदान केन्द्रमा खसेको ४९५ मत गणना सम्पन्न भएको हो। 

जिल्लामा एक लाख ३७ हजार १२४ मतदातामध्ये ७५ हजार ८५ मत खसेको थियो। एक सय ३० मतदानस्थल तथा १९२ मतदान केन्द्र थिए। यस क्षेत्रबाट २०७९ को निर्वाचनमा एमाले उम्मेदवार गुरुङ विजयी भएका थिए।

सम्बन्धित समाचार