Logo

Jul 31 2026 | २०८३, साउन १५गते

images

दाङका तीनवटै निर्वाचन क्षेत्रमा रास्वपा अगाडि

दाङका तीनवटै निर्वाचन क्षेत्रमा रास्वपा अगाडि

अर्थ प्लस
दाङका तीनवटै निर्वाचन क्षेत्रमा रास्वपा अगाडि

देउखुरी। प्रतिनिधिसभा सदस्य निर्वाचनमा दाङका तीनवटै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को अग्रता रहेको छ। निर्वाचन क्षेत्र नं १ मा १२ हजार ४०७ मतगणना गर्दा रास्वपाका देवराज पाठक सात हजार ३७० मत प्राप्त गरेका छन्। 

यस क्षेत्रमा नेपाली कांग्रेसका योगेन्द्र चौधरीले दुई हजार २२९, नेकपा एमालेका रेवतीरमण शर्माले ७८९ र नेपाली कम्युनिष्ट पार्टीका मेटमणि चौधरीले ८४६ मत प्राप्त गरेका छन्। 

यसैगरी, क्षेत्र नं २ मा तीन हजार ९१५ मतगणना हुँदा रास्वपाका विपिनकुमार आचार्यले दुई हजार ४२९ मत प्राप्त गरेका छन्। यहाँ नेपाली कांग्रेसका किरणकिशोर घिमिरेले ३८७, नेकपा एमालेका शंकर पोखरेलले ५३८ र नेपाली कम्युनिष्ट पार्टीका निर्मल आचार्यले २१३ मत प्राप्त गरे।

यसैगरी, दाङ निर्वाचन क्षेत्र नं ३ मा तीन हजार ८४ मतगणना हुँदा रास्वपाका कमल सुवेदीले एक हजार ५४० मत प्राप्त गरेका छन्। यहाँ नेपाली कांग्रेसका दिपक गिरीले ८८१, एमालेका घनश्याम पाण्डेयले ३८५ र नेपाली कम्युनिष्ट पार्टीका धनबहादुर मास्कीले ११९ मत प्राप्त गरेको प्रदेश निर्वाचन कार्यालयका सूचना अधिकारी गेहेन्द्र कुँवरले जानकारी दिए।

सम्बन्धित समाचार