Logo

Jul 31 2026 | २०८३, साउन १५गते

images

रास्वपाकी उम्मेदवार गोमा तामाङ सँग पछि परे हर्कराज राई

रास्वपाकी उम्मेदवार गोमा तामाङ सँग पछि परे हर्कराज राई

अर्थ प्लस
रास्वपाकी उम्मेदवार गोमा तामाङ सँग पछि परे हर्कराज राई

सुनसरी । सुनसरी– १ को प्रारम्भिक मतपरिणाम सार्वजनिक भएको छ । निर्वाचन कार्यालयका अनुसार पहिलो प्रारम्भिक मतपरिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार गोमा तामाङले १४२ मत ल्याएर अग्रता लिएकी छन् ।

उनलाई पछ्याएका छन् श्रम संस्कृति पार्टीका उम्मेदवार हर्कराज राईले । पहिलो मत परिणामअनुसार राईले ४९ मत ल्याएका छन् । कांग्रेसका सुजेन्द्र गोलेले ४० मत ल्याउँदा राप्रपाका उद्धव श्रेष्ठले ३४ मत ल्याएका छन् ।

त्यस्तै, नेकपाका सूर्यबहादुर भट्टराईले १२ मत ल्याएका छन् भने एमालेका टीकाराम लिम्बुले ८ मत प्राप्त गरेका छन् । सुनसरी १ मा ८७ हजार ५७६ (५८.२३) प्रतिशत मत खसेको थियो ।

सम्बन्धित समाचार