Logo

Jul 31 2026 | २०८३, साउन १५गते

images

कास्कीका तीन वटै क्षेत्रमा रास्वपाको फराकिलो अग्रता

कास्कीका तीन वटै क्षेत्रमा रास्वपाको फराकिलो अग्रता

अर्थ प्लस
कास्कीका तीन वटै क्षेत्रमा रास्वपाको फराकिलो अग्रता

कास्की। प्रतिनिधिसभा सदस्य निर्वाचनको कास्कीमा जारी मत गणनामा तीन वटै क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवारले फराकिलो अग्रता बनाएका छन्।

कास्की १ मा आज साँझसम्म १९ हजार ६१३ मत गणना सकिएको छ। जसमा रास्वपा उम्मेदवार गनेस पौडेलले आठ हजार १३० मत प्राप्त गरी अग्रता कायमै राखेका छन्। 

यसैगरी नेकपा एमालेका उम्मेदवार बैनबहादुर अधिकारी क्षेत्रीले चार हजार ८३९ मत प्राप्त गरेका छन्। नेपाली कांग्रेसका तिलक रानाभाटले चार हजार ३६४ मत प्राप्त गरेका छन्।

कास्की २ मा रास्वपाका उत्तम पौडेलले १९ हजार ७१७ मतसहित अग्रता बनाएका छन्। एमालेका उम्मेदवार रश्मी आचार्यले पाँच हजार ४९१ मत ल्याएका छन्। नेपाली कांग्रेसका माधव बाँस्तोलाले तीन हजार १३२ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत हिमलाल बेलवासेले जानकारी दिए। 

कास्की ३ मा रास्वपाकी उम्मेदवार बिना गुरुङले २१ हजार १०१ मतसहित फराकिलो अग्रता बनाएका छन्। नेपाली कांग्रेसका मनोज गुरुङले आठ हजार ९२४ मत प्राप्त गर्दा नेकपा एमालेका दामोदर पौडेल चार हजार ७८७ मत प्राप्त गरेका छन्। कास्की ३ मा एक लाख सात हजार ५६० मतदाता रहेकामा ६५ हजार ४०७ मत खसेको थियो।

सम्बन्धित समाचार