Logo

Jul 31 2026 | २०८३, साउन १५गते

images

मोरङ–६ मा शेखर कोइराला भारी मतले पराजित, रास्वपाकी रुविना आचार्य निर्वाचित

मोरङ–६ मा शेखर कोइराला भारी मतले पराजित, रास्वपाकी रुविना आचार्य निर्वाचित

अर्थ प्लस
मोरङ–६ मा शेखर कोइराला भारी मतले पराजित, रास्वपाकी रुविना आचार्य निर्वाचित

मोरङ । मोरङ क्षेत्र नं ६ को प्रतिनिधिसभा सदस्य पदमा राष्ट्रिय स्वतन्त्र पार्टीकी रुविना आचार्य निर्वाचित हुनुभएको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय क्षेत्र नं ६ द्वारा आज बिहान सार्वजनिक गरिएको अन्तिम निर्वाचनको मतपरिणामअनुसार आचार्यले ५५ हजार ५१३ मत प्राप्त गरि निर्वाचित भएको मुख्य निर्वाचन अधिकृत चित्रबहादुर गुरुङले जानकारी दिए । 

उनले प्रतिस्पर्धीमा नेपाली कांग्रेसका डा शेखर कोइरालाले १२ हजार ८५० मत प्राप्त गरेका छन्। त्यस्तै  नेकपा (एमाले)का विनोदप्रसाद ढकालले आठ हजार ३१७, श्रम संस्कृति पार्टीका मातृका पौडेलले तीन हजार ४०० र राष्ट्रिय प्रजातन्त्र पार्टीका सविन निरौलाले दुई हजार ९०  मत प्राप्त गरेका छन्।

सो निर्वाचन क्षेत्रमा कूल एक लाख ३७ हजार ८३२ मतदाता भएकामा ९१ हजार २९२ मत खसेको थियो । उक्त निर्वाचन क्षेत्रमा विभिन्न राजनीतिक दल र स्वतन्त्र समेत गरी जम्मा १७ जना प्रत्यासी थिए ।

सम्बन्धित समाचार