Logo

Jul 31 2026 | २०८३, साउन १५गते

images

समानुपातिक मतगणनाः २६ हजार ७२ मतसहित रास्वपाकै अग्रता, दोस्रोमा नेपाली कांग्रेस

समानुपातिक मतगणनाः २६ हजार ७२ मतसहित रास्वपाकै अग्रता, दोस्रोमा नेपाली कांग्रेस

अर्थ प्लस
समानुपातिक मतगणनाः २६ हजार ७२ मतसहित रास्वपाकै अग्रता, दोस्रोमा नेपाली कांग्रेस

काठमाडौं। बिहीबार सम्पन्न प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फ देशैभर जबर्जस्त लिड गरिरहेको रास्वपाले समानुपातिक निर्वाचन प्रणालीतर्फको मतगणनामा पनि अग्रता लिएको छ।

निर्वाचन आयोगका अनुसार हालसम्मको प्रारम्भिक मतगणनाको तथ्यांकअनुसार रास्वपाले ५७.६० प्रतिशत मत पाएको छ। ४५ हजार २६१ मत गणना हुँदा रास्वपाले २६०७२ मत पाएको छ।

त्यस्तै नेपाली कांग्रेसले ८ हजार २३२ मत प्राप्त गरेको छ। यो गणना भएको मतमध्ये १८.१८ प्रतिशत मात्र प्राप्त गरेको छ। त्यस्तै तेस्रो नम्बरमा राप्रपा देखिएको छ। राप्रपाले ३ हजार ५७२ मत पाएको छ। एमालेले ३ हजार ५२३  मत पाएको छ। श्रम संस्कृति पार्टीले १११२ मत पाएको छ भने नेकपाले १०५४ मत पाएको छ।

सम्बन्धित समाचार