Logo

Jul 31 2026 | २०८३, साउन १५गते

images

यी हुन् नेपाली कांग्रेसले जितेका १७ क्षेत्र (मत परिणामसहित)

यी हुन् नेपाली कांग्रेसले जितेका १७ क्षेत्र (मत परिणामसहित)

अर्थ प्लस
यी हुन् नेपाली कांग्रेसले जितेका १७ क्षेत्र (मत परिणामसहित)

काठमाडौं । प्रतिनिधि सभा निर्वाचनमा प्रत्यक्षतर्फ नेपाली कांग्रेसले जम्मा १७ वटा निर्वाचन क्षेत्रमा जित हासिल गरेको छ। 

देशभरका १५० निर्वाचन क्षेत्रको अन्तिम नतिजा सार्वजनिक हुँदा नेपाली कांग्रेस १७ स्थानमा खुम्चिएको हो।

हाल मतगणना जारी रहेका बाँकी १५ वटा निर्वाचन क्षेत्रमा पनि कांग्रेसका कुनै उम्मेदवारको अग्रता छैन।

कांग्रेसले जितेका १७ निर्वाचन क्षेत्र र विजेताहरूको सूची:

१. मो. फिरदोश आलम – रौतहट-२ (२९,५२८ मत)
२. विष्णु बहादुर खड्का – सुर्खेत-१ (२६,८९७ मत)
३. अभिषेक प्रताप शाह – कपिलवस्तु-३ (२३,५३५ मत)
४. खडक बहादुर बुढा – जाजरकोट-१ (२०,१४२ मत)
५. सन्दीप राना – पाल्पा-१ (१८,३३६ मत)
६. नरेन्द्र कुमार केरुङ – पाँचथर-१ (१७,२३३ मत)
७. जनक राज गिरी – बाजुरा-१ (१७,१७३ मत)
८. भरत बहादुर खड्का – डोटी-१ (१४,८९७ मत)
९. प्रकाश सिंह कार्की – सोलुखुम्बु-१ (१३,१६६ मत)
१०. बासना थापा – दैलेख-१ (१२,३७२ मत)
११. सन्तोष सुब्बा – तेह्रथुम-१ (११,५६१ मत)
१२. भरत कुमार स्वार – अछाम-१ (१०,७५९ मत)
१३. मोहन आचार्य – रसुवा-१ (१०,६५६ मत)
१४. जय पती रोकाया – हुम्ला-१ (८,७९७ मत)
१५. खड्ग शाही – मुगु-१ (७,९१४ मत)
१६. योगेश गौचन थकाली – मुस्ताङ-१ (३,३०७ मत)
१७. टेक बहादुर गुरुङ – मनाङ-१ (२,४१५ मत)

 

सम्बन्धित समाचार