Logo

Jul 31 2026 | २०८३, साउन १५गते

images

मंगलबारसम्म आकाश नखुल्ने, केही स्थानमा हल्का वर्षाको सम्भावना

मंगलबारसम्म आकाश नखुल्ने, केही स्थानमा हल्का वर्षाको सम्भावना

अर्थ प्लस
मंगलबारसम्म आकाश नखुल्ने, केही स्थानमा हल्का वर्षाको सम्भावना

काठमाडौं– देशका विभिन्न क्षेत्रमा मंगलबारसम्म आकाश नखुल्ने अनुमान गरिएको छ । मौसमविद् रोजन लामिछानेले आज वागमती प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको बताए । 

हाल देशको वायुमण्डलमा उच्चचापीय र पूर्वी भाग नजिकमा तल्लो वायुमण्डलको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ ।

“यस प्रणालीका कारण आगामी केही दिन देशका पहाडी तथा हिमाली क्षेत्रमा बादल लाग्ने र केही स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना छ”, मौसमविद् लामिछानेले भने । 

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज राति कोशी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा सामान्य बदली हुने छ भने अन्य क्षेत्रमा आंशिक बदली हुनेछ । 

कोशी र गण्डकी प्रदेशका केही पहाडी तथा हिमाली क्षेत्रमा तथा वाग्मती प्रदेशका एकदुई स्थानमा मेघगर्जनसहित हल्का वर्षा वा हिमपात हुने पूर्वानुमान छ । 

सम्बन्धित समाचार