Logo

Jul 31 2026 | २०८३, साउन १५गते

images

समानुपातिकतर्फ एक करोड सात लाख ३० हजार मत गणना, कुन दललाई कति मत ?

समानुपातिकतर्फ एक करोड सात लाख ३० हजार मत गणना, कुन दललाई कति मत ?

अर्थ प्लस
समानुपातिकतर्फ एक करोड सात लाख ३० हजार मत गणना, कुन दललाई कति मत ?

काठमाडौँ । समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म कूल एक करोड सात लाख ३० हजार ५५१ मत गणना भएको छ । निर्वाचन आयोगले उपलब्ध गराएको आज बिहान ७:३० सम्मको विवरण अनुसार, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सबैभन्दा धेरै ५१ लाख ३५ हजार ६२१ मत प्राप्त गरेको छ ।

नेपाली कांग्रेसले १७ लाख ४७ हजार ७३७, नेकपा (एमाले) ले १४ लाख ४८ हजार ३१८ मत पाएको छ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले आठ लाख ४ हजार ७४३, श्रम संस्कृति पार्टीले तीन लाख ७८ हजार ४७८, राष्ट्रिय प्रजातन्त्र पार्टीले तीन लाख २९ हजार १९७ मत प्राप्त गरेको छ ।

जनता समाजवादी पार्टी नेपालले एक लाख ७४ हजार ३०५, राष्ट्रिय परिवर्तन पार्टीले एक लाख ७१ हजार ४४४, जनमत पार्टीले ७८ हजार ९२७ प्राप्त गरेको छ । 

सम्बन्धित समाचार